आरसिबीलाई १६३ रनको लक्ष्य, दिल्ली सातौं जितको खोजीमा

नेपालभ्युज

आरसिबीलाई १६३ रनको लक्ष्य, दिल्ली सातौं जितको खोजीमा

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ अन्तर्गत आज भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) लाई १६३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

अरुण जेट्ली स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रन बनायो। दिल्लीका लागि केएल राहुलले सर्वाधिक ४१ रनको योगदान दिए भने ट्रिस्टन स्टब्सले ३४ रन बनाए। अभिषेक पोरेलले २९, फाफ डुप्लेसिसले २२, कप्तान अक्षर पटेलले १५ र विराज निगमले १२ रन जोडे।

बलिङतर्फ आरसिबीका भुवनेश्वर कुमारले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। जोश हेजलउडले २ विकेट हात पारे भने यश दयाल र कृणाल पाण्ड्याले समान १-१ विकेट लिए।

जारी आइपिएलमा दुवै टोली सातौं जितको खोजीमा रहेका छन्। दिल्ली क्यापिटल्सले यसअघि ८ खेलमा ६ जित र २ हार बेहोरेको छ भने रोयल च्यालेन्जर्स बेंगलुरुले ९ खेलमा ६ जित र ३ हार दर्ता गरेको छ। आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ। अब आरसिबीले १६३ रनको लक्ष्य पछ्याउँदै जित निकाल्ने प्रयास गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved