पाकिस्तानसँगको तनावबीच भारतीय नौसेनाले गर्‍यो युद्ध अभ्यास

नेपालभ्युज

पाकिस्तानसँगको तनावबीच भारतीय नौसेनाले गर्‍यो युद्ध अभ्यास

काठमाडौं । जम्मू-कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि पाकिस्तानसँगको तनावबीच भारतीय नौसेनाले युद्ध अभ्यास गरेको छ ।

भारतीय नौसेनाले अभ्यासमा युद्धपोतहरूले लामो दूरीमा सटीक आक्रमण गरेर शत्रुको जहाजलाई डुबाउने अभ्यास गरेको छ ।

भारतीय नौसेनाका प्रवक्ताले भने, “भारतीय नौसेना जहाजहरूले लामो दूरीको सटीक आक्रामक हमलाहरू प्रदान गर्न प्लेटफर्महरू, प्रणालीहरू र चालक दलको तयारीलाई पुन: प्रमाणित गर्न र प्रदर्शन गर्न धेरै सफल एन्टी-शिप फायरिङहरू गरे ।”

नौसेनाका प्रवक्ताले अभ्याससँग सम्बन्धित केही तस्वीर र भिडियओ जारी गरे । उनले यो पनि लेखे, “भारतीय नौसेना जहाँ पनि, कुनै पनि समय र कुनै पनि तरिकाले देशको हितको रक्षा गर्न तयार छ ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved