आन्दोलनमा सरकारले घुसपैठ गरायो, तीन गुणा शिक्षक सडकमा उतार्छौं : शिक्षक महासङ्घ

नेपालभ्युज

आन्दोलनमा सरकारले घुसपैठ गरायो, तीन गुणा शिक्षक सडकमा उतार्छौं : शिक्षक महासङ्घ

काठमाडौं । नेपाल शिक्षक महासङ्घले शान्तिपूर्ण आन्दोलनमा सरकारले घुसपैठ गराएको भन्दै तीन गुणा शिक्षक सडकमा उतार्ने घोषणा गरेको छ ।

आइतबार शिक्षक आन्दोलनको सभालाई सम्बोधन गर्दै महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शान्त आन्दोलनलाई बिथोल्न सरकारको घुसपैठ उदाङ्गो भएको भन्दै शिक्षकहरूको आन्दोलनलाई कम नआँक्न चेतावनी दिए ।

‘हामी शिक्षक हौं । लाठी छैन, केही छैन । शान्त आन्दोलनकारीलाई भड्काउन घुसपैठी पठाएर नाङ्गोपना उदाङ्गो भयो । ‘हेक्का रहोस्, हरेक शिक्षक ज्यान दिन तयार छ । हाम्रो आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस्,’ उनले भने ।

आइतबार बानेश्वरमा शिक्षक र प्रहरीबीच झडप हुँदा १५ जना शिक्षक घाइते भएका छन् ।

भोलीको आन्दोलन थप शिक्षक काठमाडौं आउने महासङ्घले बताएको छ । ‘भोलि यो भन्दा तीन गुणा शिक्षक भेला हुनेछन् । अब हामी पनि आउछौँ भन्दै हरेक शिक्षकले फोन गर्न थालिसक्नुभएको छ,’ अध्यक्ष सुवेदीले भने ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved