ताप्लेजुङ दुर्घटना : ऊर्जा मन्त्रालयले गठन गर्‍यो छानबिन समिति

नेपालभ्युज

ताप्लेजुङ दुर्घटना : ऊर्जा मन्त्रालयले गठन गर्‍यो छानबिन समिति

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले ताप्लेजुङ दुर्घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्रालयले नेपाल विद्युत् विकास विभागका सुपरिटेन्डेन्ट इन्जिनियर नुतन प्रकाश शर्माको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा मन्त्रालयका दुई जना र पुल्चोक इन्जिनियरिङ क्याम्पसका एक जना सदस्य रहनेछन् ।

फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा ८ वैशाखमा पाथीभरा मन्दिर जाँदै गरेको बोलेरो गाडीमा करेन्ट प्रवाह भएर आगो लाग्दा चार यात्रुको जलेर मृत्यु भएको थियो ।

सडकमा हिँडिरहेको जिपले भुइँमा लत्रिएको अवस्थाको करेन्ट प्रवाह भइरहेको तारमा छोएपछि करेन्टसँगै जिपमा आगो लागेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved