गगनलाई धन्यवाद दिँदै वर्षमानले भने – ढिलै भएपनि सत्य बोल्नुभयो

नेपालभ्युज

गगनलाई धन्यवाद दिँदै वर्षमानले भने – ढिलै भएपनि सत्य बोल्नुभयो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सत्तारुढ दलका नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापालाई धन्यवाद दिएका छन् ।

प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलिया पुगेको भन्ने थापाको अभिव्यक्तिलाई लिएर पुनले प्रतिनिधि सभाको बैठकबाट धन्यवाद दिएका हुन् ।

उनले भने, “हामीले भन्दै आएको कुरालाई प्रतिपक्षले लगाएको आरोप भन्दै आइरहेका थिए । तर, सरकारको एकपछि अर्को व्यवहारले विचौलियाले बनाइदिएको भन्ने पुष्टि हुँदैछ । यो सरकार बनेदेखि स्वार्थ समूहको काम र प्रतिपक्षसँग प्रतिशोध साँध्नेबाहेक केही काम गरेको छैन । आज हामीले मात्रै होइन, सत्तारुढ दलका शक्तिशाली महामन्त्री र सरकार सञ्चालन संयन्त्रका सदस्यसमेत रहेका सदस्यले विचौलियाहरूको पहुँच प्रधानमन्त्रीको बेडरुमसम्म छ भन्नुभयो, ढिलै भएपनि सत्य बोल्नुभएको धन्यवाद छ ।”

वर्तमान सरकार गठन हुँदादेखि नै बिचौलिया सक्रिय भएको उनको भनाइ छ ।

साथै, उनले शिक्षा विधेयक छिट्टै सदनमा ल्याउन माग गरे । “यो विधेयक छिट्टै सदनमा आओस् । फास्ट ट्रयाकबाट यसलाई पास गराउन म माग गर्न चाहन्छु । यसका लागि सहयोग गर्न दल तयार रहेको जानकारी गराउँछु,” पुनले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved