आईपीएल

राजस्थानलाई हराएर बैङ्गलोर तेस्रो स्थानमा

नेपालभ्युज

राजस्थानलाई हराएर बैङ्गलोर तेस्रो स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैङ्गलोरले राजस्थान रोयल्समाथि जित हासिल गरेको छ ।

बैङ्लोरमा बिहीबार राति भएको खेलमा घरेलु टोलीले राजस्थानलाई ११ रनले हराएको हो ।

बैङ्गलोरले दिएको २०६ रनको विशाल लक्ष्य राजस्थानले भेट्टाउन सकेन । राजस्थान पूरै ओभर खेल्नका बाबजुद ९ विकेटको क्षतिमा १९४ रनमा सीमित भयो ।

राजस्थानका लागि यशस्वी जैसवालले सर्वाधिक ४९ रन बनाए ।

बैङ्गलोरका जोश हजिलउडले सर्वाधिक ४ विकेट लिए । उनी खेलको उत्कृष्ट खेलाडी घोषित भए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बैङ्गलोरले पूरै ओभर खेलेर ५ विकेटको क्षतिमा २०५ रन बनाएको थियो ।

बैङ्गलोरका २ खेलाडीले अर्धशतक बनाएका थिए । विराट कोहलीले ७० तथा देवदत्त पडिकलले ५० रन जोडे ।

राजस्थानका सन्दीप शर्माले सर्वाधिक २ विकेट हात पारे पनि यो टोलीको जितका लागि पर्याप्त भएन ।

जारी आईपीएलमा बैङ्गलोरको ९ खेलमा छैटौं जित हो । यो जितको बैङ्गलोर चौथोबाट तेस्रो स्थानमा उक्लिएको छ । बैङ्गलोरले १२ अङ्क बनाएको छ ।

समान ९ खेलमा २ जित मात्र हासिल गरेको राजस्थान ४ अङ्कसहित आठौं स्थानमा छ ।

आईपीएलमा १० टोलीको सहभागिता छ । यीमध्ये शीर्ष ४ टोली प्ले अफमा जानेछन् ।

अङ्क तालिका :

मुम्बईको लगातार चौथो जित, हैदरावादलाई सात विकेटले हरायो

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved