भेरी नदीमा बेपत्ता पुरूषको शव निकालियो

नेपालभ्युज

भेरी नदीमा बेपत्ता पुरूषको शव निकालियो

काठमाडौं । भेरी नदीमा बेपत्ता भएका पुरूषको शव निकालिएको छ ।

सुर्खेतको सिम्ता गाउँपालिकाका ५८ वर्षीय गोविन्द पोख्रेलको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको हो ।

उनी बुधबार सुर्खेतको सिम्ता–४ स्थित भेरीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट खटिएको गोताखोरसहितको सुरक्षा फौजले बिहीबार दिउँसो ५० फिट गहिराइबाट शव निकालेको हो ।

सोही गाउँपालिका बस्ने पोख्रेल मलामी गएको र पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved