आर्सनल बराबरीमा रोकिँदा लिभरपुल उपाधिको झनै नजिक

नेपालभ्युज

आर्सनल बराबरीमा रोकिँदा लिभरपुल उपाधिको झनै नजिक

काठमाडौं । इङ्ग्लिस प्रिमियर लिगमा आर्सनल बराबरीमा रोकिएपछि लिभरपुल उपाधिको झनै नजिक पुगेको छ ।

घरेलु मैदानमा बुधबार भएको खेलमा आर्सनललाई क्रिस्टल प्यालेससँग २–२ को बराबरीमा रोकिएको हो । लिभरपुल उपाधिबाट अब केवल १ अङ्क टाढा छ ।

इमिरेट्स स्टेडियममा प्यालेसले जित निकालेको भए लिभरपुलले बल नछोइकनै आफ्नो २०औं प्रिमियर लिग उपाधि जित्ने थियो । तर अब लिभरपुलले आइतबार टोटनहम हट्सपरसँग नहार्ने हो भने उपाधि पक्का गर्न सक्छ ।

प्यालेसले कुनै पनि समय अग्रता लिन सकेन ।‌ यद्यपि टोलीले जुझारु प्रदर्शन गर्यो । आर्सनलले दुई पटकको अग्रतालाई जोगाउन सकेन ।

तेस्रो मिनेटमा याकुब किभिओरको गोलमा आर्सनलले अग्रता लिएपनि एबेरेचि एजेले २७औं‌ मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि ४२औं मिनेटमा लेयान्ड्रो ट्रोसार्दको गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

८३औं मिनेटमा प्यालेसका परिवर्तित खेलाडी जीन–फिलिप माटेटाले बराबरी गोल गरे । आर्सनलका विलियम सालिबाको गल्तीमा माटेटाले बल‌ पाए त्यो मौका उनले चुकाएनन् ।

यो बराबरीपछि ६७ अङ्क रहेको आर्सनल लिभरपुल १२ अङकले पछाडि छ । प्यालेस भने १२औं स्थानमा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved