काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भारतको जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। रास्वपाले उक्त हमलामा एक नेपाली नागरिक सुदीप न्यौपानेको मृत्यु भएकोमा गहिरो दुःख व्यक्त गरेको छ।
गत मङ्गलबार पहलगाममा आतङ्ककारीहरुले पर्यटकहरूलाई लक्षित गरी गोली चलाउँदा २४ पर्यटकसहित २६ जनाको ज्यान गएको थियो भने थुप्रै व्यक्ति घाइते भएका थिए।
रास्वपाका कार्यबाहक सभापति डीपी अर्यालले बुधबार एक विज्ञप्ति जारी गर्दै आतङ्कवादीहरुको यो कायरतापूर्ण हमलाको घोर भर्त्सना गरेका छन्। विज्ञप्तिमा उनले आतङ्कवाद विश्वव्यापी समस्याको रूपमा रहेको उल्लेख गर्दै यसको अन्त्य र विश्वमा शान्ति कायम गर्न विश्वव्यापी प्रतिबद्धताको आवश्यकता औंल्याएका छन्।
साथै, रास्वपाले यस दुःखद घडीमा छिमेकी भारत र त्यहाँका जनताको साथमा रहेको जनाएको छ।

Facebook Comment
Comment