तीनकुने प्रदर्शन: प्रसाईं र मिश्रसहितलाई तीन दिन म्याद थप

नेपालभ्युज

तीनकुने प्रदर्शन: प्रसाईं र मिश्रसहितलाई तीन दिन म्याद थप

काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता रवीन्द्र मिश्र र उक्त प्रदर्शनको नेतृत्व गरेका दुर्गा प्रसाईंसहित अन्य पक्राउ परेका व्यक्तिहरूको म्याद थपिएको छ।

काठमाडौं जिल्ला अदालतले उनीहरूलाई थप तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो। यसअघि, उनीहरूविरुद्ध पहिलो पटक चैत २९ गते अदालतबाट १२ दिनको म्याद थप गरिएको थियो।

यसैगरी, तीनकुने घटनामा पक्राउ परेका रवीन्द्र मिश्रलगायत २० जनालाई यसअघि चैत २६ गते १५ दिनको म्याद थप गरिएको थियो। सोही म्यादसँग मिलान गर्न दुर्गा प्रसाईंको हकमा १२ दिनको म्याद थप गरिएको थियो।

अदालतको पछिल्लो निर्णयसँगै, प्रसाईं र मिश्रसहित पक्राउ परेकाहरू अब थप तीन दिन प्रहरी हिरासतमा रहनेछन् र प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved