काठमाडौं । विश्वकप क्रिकेट लिग–२ को तयारीस्वरूप राष्ट्रिय क्रिकेट टोलीको छनोट प्रक्रियाअघि नेपाल क्रिकेट सङ्घ (क्यान)ले ‘कोर क्याम्प’ सञ्चालन गर्ने भएको छ ।
सो क्याम्पअन्तर्गत खेलाडीहरूलाई चार फरक टोली–ब्ल्यू, ग्रीन, रेड र यलोमा विभाजन गरिएको हो । वैशाख १३ गते अप्रिल २६० देखि जेठ १६ गते ‘मे ३०’ सम्म मुलपानी क्रिकेट मैदानको माथिल्लो र तल्लो मा अभ्यास खेलहरू सञ्चालन हुनेछ ।
ब्लू टोलीको रोहित कमार पौडेल, ग्रिनमा आसिफ शेख, रेडमा सन्दीप लामिछाने र यलो टोलीमा दीपेन्द्र सिंह ऐरी कप्तान रहेका छन् ।
ब्ल्यू टोली
कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा रहेको ब्ल्यू टोलीमा राष्ट्रिय टोलीका नियमित खेलाडीहरू प्रज्वल थापा, करण केसी, कुशल मल्ल, अनिलकुमार साह (विकेटकिपर), सूर्य तामाङलगायत युवा प्रतिभाहरू दिपेशप्रसाद कँडेल, युवराज खत्री छन् ।
ग्रीन टोली
आसिफ शेख (कप्तान तथा विकेटकिपर)को कप्तानीमा रहेको ग्रिन टोलीमा सोमपाल कामी, ईशान पाण्डे, दिलिपनाथ, पवन सर्राफ, सन्तोष यादवजस्ता अनुभवी तथा युवा खेलाडीहरूको मिश्रण रहेको छ ।
रेड टाली
सन्दीप लामिछानेको कप्तानीमा रहेको रेड टोलीमा विकेटकिपर अर्जुन साउदसहित भीम सार्की, आरिफ शेख, शुभ कङ्साकार, नन्दन यादव, शहाब आलमलगायतका खेलाडी छन् ।
यलो टोली
अनुभवी दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेको यलो टोलीमा विनोद भण्डारी (विकेटकिपर), कुशल भुर्तेल, ललितनारायण राजवंशी, अभिनाश बोहरा, कमलसिंह ऐरीलगायतका खेलाडी छन् ।
यो कोर क्याम्प नेपाली क्रिकेटका उदीयमान र अनुभवी खेलाडीहरूबीचको प्रतिस्पर्धा हुनेछ, जसबाट आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका लागि खेलाडी छनोटको बाटो खुल्नेछ ।


Facebook Comment
Comment