कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक बस्दै

नेपालभ्युज

कक्षा १२ को परीक्षाबारे निर्णय लिन बोर्डको बैठक बस्दै

काठमाडौं । कक्षा १२ को परीक्षाबारे निर्णय लिन आज (मङ्गलबार) राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ ।

बैठक बिहान ८ बजेका लागि बोलाइएको बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालले जानकारी दिए ।

यही वैशाख ११ गतेदेखि कक्षा १२ को परीक्षा हुँदैछ । यद्यपि परीक्षाको व्यवस्थापन सञ्चालन गर्ने शिक्षकहरू यतिबेला २१ दिनदेखि सडक आन्दोलनमा छन् ।

शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको शिक्षक महासङ्घले १२ को परीक्षामा सहभागी नहुने निर्णय गरेको छ । यस्तोमा परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको बताइएको छ ।

यसैबीच सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको असहयोगका कारण उनले राजीनामा दिएको बताइएको छ ।

ओलीका ती अपमान : जसका कारण मन्त्री छाड्न बाध्य भइन् विद्या


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved