कञ्चनजङ्घा बेस क्याम्प जाने क्रममा दुई फ्रान्सेली पर्यटकलाई लेक लाग्यो, हेलिकोप्टरमार्फत उद्धार

नेपालभ्युज

कञ्चनजङ्घा बेस क्याम्प जाने क्रममा दुई फ्रान्सेली पर्यटकलाई लेक लाग्यो, हेलिकोप्टरमार्फत उद्धार

ताप्लेजुङ । जिल्लास्थित कञ्चनजङ्घा बेस क्याम्प जाने क्रममा लेक लागेर बिरामी भएका दुई फ्रान्सेली पर्यटकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

फ्रान्सेली नागरिक ४९ वर्षीय रज्जुक कैस र ७२ वर्षीया नाडिन डेनिस एन्जेल मिशेल, गएको बुधबार कञ्चनजङ्घा बेस क्याम्प गएको र सोही क्रममा लेक लागेका कारण बिरामी भएका थिए । दुवैजना फक्ताङलुङ गाउँपालिका–६ स्थित घुन्साको एक गेस्ट हाउसमा फर्किएर बसिरहेका थिए ।

घटनाबारे सोमबार इलाका प्रहरी कार्यालय घुन्सामा जानकारी प्राप्त भएपछि उद्धारका लागि प्रहरी टोली खटिएको थियो । थप उपचारका सोमबार दिउँसो मनाङ एयरको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved