तीनकुने प्रदर्शनमा झण्डै ४७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक मूल्याङ्कन

नेपालभ्युज

तीनकुने प्रदर्शनमा झण्डै ४७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक मूल्याङ्कन

काठमाडौं । दुर्गा प्रसाईं र नवराज सुवेदीको नेतृत्वमा चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा झण्डै ४७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरिएको छ।

उक्त प्रदर्शनमा भएको हिंसात्मक गतिविधिमा परी सविन महर्जन र पत्रकार सुरेश रजकले ज्यान गुमाएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, प्रदर्शनकारीहरूले सञ्चार संस्था, भाटभटेनी सुपरस्टोर, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालय लगायत २२ वटा घर तथा कार्यालयमा तोडफोड गरेका थिए। त्यसैगरी, ३९ वटा सवारीसाधनमा पनि क्षति पुर्‍याइएको  थियो।

गृह मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिँदै निजी र सार्वजनिक सम्पत्ति गरी प्रारम्भिक मूल्याङ्कनमा ४६ करोड ९५ लाख रुपैयाँ बराबरको क्षति देखिएको बताए।

उच्छृङ्खल गतिविधिमा संलग्न रहेको आरोपमा हाल ७३ जनालाई प्रहरी हिरासतमा राखिएको छ। प्रहरीले उनीहरूमाथि राज्य विरुद्धको कसुर र आपराधिक उपद्रव विरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ। अनुसन्धान सम्पन्न भएपछि क्षति भएको रकम बराबरको बिगो आरोपीहरूबाट भराउन मागदावी लिने प्रहरीको तयारी छ। अनुसन्धानमा संलग्न एक अधिकारीले मुद्दा दायर गर्दा प्रतिवादीहरूबाट उक्त रकम भराउन मागदावी लिइने जानकारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved