काठमाडौं। नेपाल शिक्षक महासङ्घकी सहअध्यक्ष नानुमाया पराजुलीले शिक्षकहरू शिक्षामन्त्री वा प्रधानमन्त्रीको राजीनामा माग्न नआएको स्पष्ट पारेकी छन्। शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि प्रतिक्रिया दिँदै उनले विद्यालय शिक्षा ऐन जारी नहुनुमा शिक्षामन्त्रीको मात्र दोष नरहेको बताइन्।
‘शिक्षा मन्त्रीलाई हामीले दोष लगाएका छैनौं। उहाँ सरल र गम्भीर हुनुहुन्थ्यो। असाध्यै सकारात्मक र शिक्षकको माग सम्बोधन गर्ने सोचमा हुनुहुन्थ्यो,’ पराजुलीले भनिन्, ‘यतिको सालिन मन्त्री अब आउनु हुन्छ भन्ने लाग्दैन। सरकारसँग के भएर राजीनामा दिनुभयो थाहा भएन।’
शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू चैत २० गतेदेखि काठमाडौंमा आन्दोलनरत छन्। शिक्षामन्त्री भट्टराई शिक्षकहरूको माग सम्बोधन गर्न ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारीमा थिइन्, तर मन्त्रिपरिषद् बैठक बस्नुअघि नै उनले राजीनामा दिईन् ।
पराजुलीले शिक्षक महासङ्घको मुख्य उद्देश्य ऐन जारी गराउनु रहेको र उनीहरूले शिक्षामन्त्रीको व्यक्तिगत राजीनामा नचाहेको स्पष्ट पारीन् ।
Facebook Comment
Comment