काठमाडौं । धर्मगुरु पोप फ्रान्सिसको निधन भएपछि इटालीमा सबै फुटबल खेलहरू स्थगित गरिएको छ ।
फ्रान्सिसप्रति श्रद्धाञ्जलिस्वरूप पुरुषतर्फ सिनियर र यू–२० शीर्ष डिभिजनका सबै खेलहरू स्थगित गरिएको हो ।
‘पवित्र धर्मगुरुको निधनको सन्दर्भमा, लेगा नासियोनाले प्रोफेस्सोनिस्ती सिरिए ए ले आज तय गरिएका सिरिए ए एनिलाइभ र प्रिमावेरा १ च्याम्पियनसिपका सबै खेलहरू अर्को मितिमा सार्ने निर्णय गरेको छ,’ पोपको निधन लगत्तै जारी गरिएको एक विज्ञप्तिमा सिरि ‘ए’ले लेखेको छ ।
इस्टर सोमबारको दिन चारवटा सिरि ‘ए’ खेलहरू तय भएका थिए । स्थगित खेलहरुको समय भने पछि तोकिने जनाइएको छ ।
भ्याटिकनले पुष्टि गरेअनुसार पहिलो ल्याटिन अमेरिकी पोप बनेका फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको हो ।
जर्ज मारियो कसरी बने पोप फ्रान्सिस ?
Facebook Comment
Comment