ऋण दुरुपयोगमा दुर्गा प्रसाईंमाथि बैङ्किङ कसुरको उजुरी, सीआईबीले थाल्यो अनुसन्धान

नेपालभ्युज

ऋण दुरुपयोगमा दुर्गा प्रसाईंमाथि बैङ्किङ कसुरको उजुरी, सीआईबीले थाल्यो अनुसन्धान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले ऋण दुरुपयोगमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि अनुसन्धान अघि बढाउन प्रहरीलाई पत्राचार गरेको छ ।

प्रसाईंमाथि होटेल, अस्पताल तथा विभिन्न व्यवसायका नाममा लिएको अर्बौँ ऋण दुरुपयोग गरेको भन्दै बैङ्किङ कसुरअन्तर्गत अनुसन्धान अघि बढाउन राष्ट्र बैङ्कले पत्राचार गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा बैङ्किङ कसुर सम्बन्धी उजुरी परेपछि उनीविरूद्ध अर्को पक्राउ पुर्जी पनि जारी भएको छ । प्रसाईं हाल राजद्रोह लगायतका कसुरमा प्रहरीको हिरासतमै छन् ।

प्रहरी हिरासतमै रहेका प्रसाईंमाथि अब सीआईबीले पनि अनुसन्धान अघि बढाउने प्रवक्ता सुधिरराज शाहीले जानकारी दिए । ‘हिरासतमा रहेका प्रसाईंमाथि बैङ्किङ कसुरमा हामीले पनि अनुसन्धान थालेका छौँ,’ उनले भने ।

चैत १५ मा उनकै नेतृत्वमा तीनकुनेमा भएको आन्दोलन हिंसात्मक भएपछि प्रसाईं भारत फरार भएका थिए । उनलाई भारतीय प्रहरीको सहयोगमा असामबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको थियो । उनलाई विशेष ब्युरोको टोलीले चैत २९ गते नेपाल ल्याएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved