काठमाडौंमा मोबाइल लुट्दै हिँडेको आरोपमा तीन युवक पक्राउ

नेपालभ्युज

काठमाडौंमा मोबाइल लुट्दै हिँडेको आरोपमा तीन युवक पक्राउ

काठमाडौं । प्रहरीले उपत्यकाको विभिन्न स्थलबाट मोबाइल लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका-१ घर भएका हाल काठमाडौं महानगरपालिका-३२ बस्ने १८ वर्षीय नवराज सुनुवार, धनुषाको तारापट्टी सिर्सिया गाउँपालिका-६ घर भएका बुढानीलकण्ठ नगरपालिका-१० बस्ने १८ वर्षीय राज निष्ट यादव र रौतहटको गरुढा नगरपालिका- २ घर भएका २७ वर्षीय सुरेश ठाकुर हजाम छन् ।

चैत ५ गते दिउँसो बसुन्धारामा उनीहरुले प्रेम तामाङले चलाएको बा २ ज ३४५८ नम्बरको ट्याक्सीलाई रोकेर लुटपाट गरेको आरोप छ । ठमेलमा सामान लिन जानु छ भन्दै टयाक्सी रोकेर र फोन गर्न भन्दै तामाङसँग मोबाइल लिएर उनीहरु भागेका थिए ।

प्रहरीले उनीहरुको साथबाट एक थान मोटरसाइकल र तीन थान मोबाइल बरामदसमेत गरेको छ ।

काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved