राप्रपा अध्यक्ष लिङ्देन सहित ७ जना रिहा

नेपालभ्युज

राप्रपा अध्यक्ष लिङ्देन सहित ७ जना रिहा

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित ७ जना प्रदर्शनकारी रिहा भएका छन्। उनीहरूलाई काठमाडौंको सिंहदरबार र बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले दिएको जानकारी अनुसार, आइतबार दिउँसो पक्राउ परेका लिङ्देनसहित ७ जनालाई रिहा गर्ने निर्णय भएको हो।

प्रहरीले सिंहदरबार भित्रबाट अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई पक्राउ गरेको थियो। यसैगरी, बानेश्वर क्षेत्रबाट अन्य ३ जना प्रदर्शनकारी पक्राउ परेका थिए।

यसरी, निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राप्रपाका अध्यक्षसहित सबै ७ जनालाई प्रहरीले रिहा गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved