लिङ्देनसहितका राप्रपा नेतालाई काठमाडौं परिसरमा राखियो

नेपालभ्युज

लिङ्देनसहितका राप्रपा नेतालाई काठमाडौं परिसरमा राखियो

काठमाडौं । सिंहदरबारबाट पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ ।

सिंहदबारभित्र प्ले कार्डसहित प्रदर्शन गरेपछि प्रहरीले लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेको थियो ।

उनीहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको एक प्रहरी अधिकृतले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved