छलफलमा जुटे प्रमुख तीन दलका शीर्ष नेताहरू

नेपालभ्युज

छलफलमा जुटे प्रमुख तीन दलका शीर्ष नेताहरू

काठमाडौं । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सङ्क्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्याउने विषयमा अहिले  छलफल भइरहेको हो।

छलफलमा गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्रीका सङ्क्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलको पनि सहभागिता रहेको छ।

यसअघि चैत ११ गते तीन शीर्ष नेताहरूबीच संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगमा पदाधिकारी सिफारिस गर्न पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा एक समिति गठन गर्ने सहमति भएको थियो।

उक्त सिफारिस समितिमा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती, पूर्वराजदूत डा. अर्जुनबहादुर कार्की र मानव अधिकारकर्मी स्टेला तामाङ र लिली थापा सदस्य रहेका छन्। आजको छलफलमा सिफारिस समितिको कामलाई अगाडि बढाउने र संक्रमणकालीन न्यायसँग सम्बन्धित अन्य महत्वपूर्ण विषयमा ठोस सहमति खोज्ने प्रयास हुने बताइएको छ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved