मूलपानीमा वर्षाका कारण यू-१९ विश्वकप एसिया छनोट प्रभावित (तस्वीरहरू)

नेपालभ्युज

मूलपानीमा वर्षाका कारण यू-१९ विश्वकप एसिया छनोट प्रभावित (तस्वीरहरू)

काठमाडौं । आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत आज नेपाल र अफगानिस्तानको बीच हुने निर्णायक खेल वर्षाका कारण प्रभावित भइरहेको छ । खेल बिहान साढे ९ बजेदेखि हुने तय भए पनि वर्षाका कारण प्रभावित भएको हो ।

काठमाडौं उपत्यकालगायत देश विभिन्न ठाउँमा शनिवार बिहानैदेखि भइरहेको वर्षका कारण मैदान भिजेपछ टस र खेल समयमा सुरु हुन नसकेको हो ।

अहिले वर्षा केही कम भए पनि खेल सुरु हुन सकेको छैन ।

नेपाल र अफगानिस्तान दुवैले हालसम्म खेलेका ३ वटै खेल जिते पनि नेट रनरेटमा अफगानिस्तान अगाडि छ । आजको खेल सम्भव नभएमा दुवै टोली अंक बाँड्नेछन् भने नेटरनरेटमा अगाडि भएको अफगानिस्तान विश्वकपका लागि छनोट हुनेछ ।

तस्वीरहरू :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved