धवलशमशेर हिरासतबाट छुट्ने आसमा प्रहरी परिसर पुगे राप्रपा नेता (तस्वीरहरू)

धवलशमशेर हिरासतबाट छुट्ने आसमा प्रहरी परिसर पुगे राप्रपा नेता (तस्वीरहरू)

काठमाडौं । प्रहरी हिरासतमा रहेका पार्टीका महामन्त्री धवलशमशेर राणा छुट्ने आसमा राप्रपा नेताहरु जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका छन् ।

तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई क्यान्सरको उपचारका लागि फलोअपमा भारत जानुपर्ने भएकाले छाड्ने तयारी भइरहेको बताइएको छ । तर, प्रहरीले यसबारे आधिकारिक रुपमा केही भनेको छैन ।

राजावादी समूहले गत चैत १५ गते तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक भएसँगै राणा सोही दिन पक्राउ परेका थिए ।

क्यान्सरका बिरामी उनलाई उपचार गर्नबाट वञ्चित गर्न खोजिएको भन्दै शुक्रबार मात्रै राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले आपत्ति जनाएको थियो ।

तस्वीर – 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved