जापानमा एनएमबी बैङ्कको सेवा विस्तार

नेपालभ्युज

जापानमा एनएमबी बैङ्कको सेवा विस्तार

काठमाडौं । एनएमबी बैङ्कले जापानमा रहेका नेपालीहरूलाई लक्षित गरी बैङ्किङ सेवा विस्तार गरेको छ ।

अब जापानबाटै एनएमबी बैङ्कको विभिन्न सुविधाहरू सजिलै प्राप्त गर्न सकिनेछ ।

बैङ्कले उपलब्ध गराएका सुविधाहरूमा एनएमबी खाता खोल्ने, मोबाइल तथा इन्टरनेट बैङ्किङ सेवा, निष्क्रिय खाताको सक्रियता साथै KYC अपडेट र प्रोफाइल परिवर्तनजस्ता सेवा समावेश छन् ।

जापानस्थित एनएमबी बैङ्क प्रतिनिधिका रूपमा सुरज नेपाललाई नियुक्त गरिएको छ । उनीमार्फत प्रवासी नेपालीहरूले आवश्यक बैङ्किङ जानकारी तथा सहायता प्राप्त गर्न सकिने बैङ्कले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved