धवलशमशेरको स्वास्थ्य अवस्थाबारे संयुक्त जनआन्दोलनको चिन्ता

नेपालभ्युज

धवलशमशेरको स्वास्थ्य अवस्थाबारे संयुक्त जनआन्दोलनको चिन्ता

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले संयोजक डा. धवलशम्शेर राणा तीनकुने घटनाको झुटा मुद्दामा फसाइएको दाबी गर्दै आपत्ति जनाएको छ ।

समितिले उनको स्वास्थ्य अवस्था गम्भीर रहेको र भारतमा उपचारमा जान नदिएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

समितिले उनलाई नियमित उपचार गर्न नदिइएको तथा मानवअधिकार उल्लङ्घन भएको उल्लेख गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई आवाज उठाउन आह्वान गरेको छ । साथै, उक्त घटनामा झूटा मुद्दा लगाइएकाले दोषी अधिकारीमाथि कारबाही र जनताको स्वतन्त्र आन्दोलनप्रति अवरोध नगर्न चेतावनी दिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved