सान्भि इनर्जीको आईपीओ आजदेखि खुला

नेपालभ्युज

सान्भि इनर्जीको आईपीओ आजदेखि खुला

काठमाडौं । सान्भि इनर्जी लिमिटेडले आज, वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री खुला गरेको छ।

कम्पनीले इलाम जिल्लाका स्थानीय बासिन्दाहरूका लागि ८ लाख ८० हजार कित्ता शेयर छुट्याएको छ। त्यस्तै, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले २ लाख ९१ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

नेपाल धितोपत्र बोर्डले गत चैत ११ गते सान्भि इनर्जीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको थियो। कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ३७ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ, जसको कुल मूल्य ३७ करोड ९० लाख रुपैयाँ बराबर रहेको छ।

सान्भि इनर्जीले इलाममा ७.६ मेगावाट क्षमताको जोगमाइ खोला जलविद्युत आयोजनाबाट २०७४ वैशाख १८ गतेदेखि व्यापारिक उत्पादन सुरु गरिसकेको छ। साथै, कम्पनीले इलाममै ५.२ मेगावाट क्षमताको जोगमाई क्यासकेड आयोजना निर्माण गरिरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved