काठमाडौं । दुबईमा एक पाकिस्तानी नागरिकले दुई भारतीयको हत्या गरेका छन् ।
यही अप्रिल ११ मा दुबईको मोडर्न बेकरी एलएलसीमा काम गर्ने क्रममा पाकिस्तानी सहकर्मीले चक्कु प्रहार गर्दै तेलङ्गाना राज्यका अष्टपु प्रेम सागर र श्रीनिवासको हत्या गरेका हुन् । उक्त आक्रमणमा अन्य दुई जना पनि घाइते भएका छन् ।
आक्रमणकारी पाकिस्तानी नागरिकले दुवैलाई मार्दै गर्दा ठूलो स्वरमा धार्मिक नारा लगाएका थिए । साथै, पाकिस्तान जिन्दावाद पनि भनेका थिए ।
घटनापछि वरपरका क्षेत्रमा त्रास फैलिएको थियो । तेलङ्गानाका दुवै मृतकका परिवार स्तब्ध भएका छन् । उनीहरू शवको प्रतीक्षामा छन् ।
परिवारले अष्टपु र श्रीनिवासको हत्या भारतीय र हिन्दू भएकाले हत्या गरिएको आरोप लगाएको छ । प्रक्रिया छिटो बनाउन भारतीय दूतावासमार्फत दुबई प्रहरीलाई अनुरोध गरिएको छ ।
प्रेमसागरले पाएनन् छोरीको मुख हेर्न
प्रेमसागर करिब साढे दुई वर्षअघि दुबई गएका थिए । उनले एक आफन्तमार्फत जागिरको बारेमा थाहा पाए । त्यतिबेला उनकी श्रीमती प्रमिला गर्भवती थिइन् । उनकी जेठी छोरी अहिले नौ वर्षकी भइन् ।
उनी चाँडै घर फर्कने योजनामा थिए । उनी आफ्ना वृद्ध आमाबाबुलाई भेट्न र आफ्नी दोस्रो छोरीलाई पहिलो पटक हेर्न उत्सुक थिए । परिवारको यो पर्खाइ दुःखमा परिणत भयो ।
Facebook Comment
Comment