पेट्रोलियम पदार्थको मूल्य घट्यो, हेर्नुस् नयाँ सूची

नेपालभ्युज

पेट्रोलियम पदार्थको मूल्य घट्यो, हेर्नुस् नयाँ सूची

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ । भारतबाट इन्धनको मूल्य घटेर आएकाले नेपालमा पनि सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।

बुधबारदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो ।

पेट्रोल, डिजेल र मट्टीतेल सबैको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटाइएको निगमले मङ्गलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मूल्य घटेसँगै अब काठमाडौँमा पेट्रोलको प्रतिलिटर १६० र डिजेल तथा मट्टितेलको प्रतिलिटर १४६ रुपैयाँ कायम हुने निगमले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved