‘हेल्लो काँशीराम’को टिजर सार्वजनिक

नेपालभ्युज

‘हेल्लो काँशीराम’को टिजर सार्वजनिक

काठमाडौं । जेठ २ गते देशभरका हलहरूमा एकसाथ प्रदर्शनमा आउने चलचित्र ‘हेल्लो काँशीराम’ टिमले चलचित्रको टिजर सार्वजनिक गरेको छ ।

बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक टिजर २ मिनेट ४ सेकेन्डको छ ।

नयाँ वर्ष २०८२ को अवसर पारेर आज दिउँसो १ बजे सार्वजनिक टिजर देशको बेथितिमाथि तिखो व्यङ्ग्य गरेर तयार पारिएको छ । टिजर हेरिसकेपछि यस चलचत्रिमा नेपालको राजनीतिमा बाहिरी मुलुकहरूको हस्तक्षेपलाई नजानिँदो तरिकाले व्यङ्ग्य गरिएको बुझ्न सकिन्छ ।

टिजर हेर्नेहरुलाई नेपालमा शासन गर्ने नेताहरूले बाह्य हस्तक्षेपकर्तालाई देउता मानेर पूजा गर्ने प्रवृत्तिमाथि यस चलचित्रले राम्रैसँग कटाक्ष गरेको अड्कल काट्न खासै गाह्रो पर्दैन ।

कमेडी जनराका चलचित्र हेर्न मन पराउनेलाई यस चलचित्र निकै मिठो खुराक बन्न सक्ने देखिन्छ । टिजरमा दिलिप रायमाझीलाई एकजना पीडित बेरोजगार युवाको रूपमा प्रस्तुत गरिएको छ, जसले बेरोजगार युवाहरूको प्रतिनिधित्व गरेका छन्।

रेडलाइन फिल्मस् प्रा.ली को ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन्, उनी पुराना निर्देशक हुन् । यस चलचित्रलाई पि. वि. थापाले लगानी गरेका हुन् ।

यम आले डिओपी, मित्र डी. गुरुङ सम्पादक तथा रंग संयोजक रहेको चलचित्रमा दिलीप रायमाझीसँगै वरिष्ठ कलाकारहरू सुरविर पण्डित, रामचन्द्र अधिकारी, शुशिल पोखरेल, उमेर राई ‘फुलन्देको आमा’, भगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारहरुको चलचित्रमा अभिनय देख्न सकिने निर्माण टिमले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved