काठमाडौं । धरान शहरको केन्द्र मानिने भानु चोकमा क्लक टावर ‘धरान घण्टाघर’ छ । धरान घण्टाघर नगरको २० वर्षे योजनाअन्तर्गत निर्माण गरिएको हो ।
यसका लागि आर्थिक सहयोग हङकङ र मकाउमा रहेका धराने नेपाली आप्रवासीहरूको धरान हङकङ मञ्चमार्फत सङ्कलन गरिएको थियो ।
घण्टाघर सार्वजनिक रूपमा २०६२ साल (सन् २००५-२००६) मा उद्घाटन गरिएको थियो ।
यो घण्टाघर हङकङको घडी टावर ‘चिम सा चुई क्लक टावर’ वा ‘फर्मर काउलुन (क्यान्टन रेल्वे क्लक टावर) को नमुनामा डिजाइन गरिएको छ । यसको उचाइ ७६.५ फिट छ र यसमा पाँच तला छ । हरेक तलामा धरानको ऐतिहासिक तथा धार्मिक महत्व बोकेका स्थानहरुको तस्वीर पनि सजाइएको छ ।
माथिल्लो भागमा एक अवलोकन मञ्च रहेको छ, जसबाट एकै समयमा झन्डै ५० जनाले सहरको दृश्यावलोकन गर्न सक्ने व्यवस्था गरिएको छ ।
मञ्चबाट भानु पहाडी भागमा बन्दै गरेको नयाँ बुद्धको प्रतिमा, मौलिक घर तथा सहरी घरहरुको दृश्य अवलोकन गर्न सकिन्छ ।
साथै, घण्टाघरको परिधिमा १९८८ सालको नेपाल भूकम्प ‘२०४५ साल’ का पीडितहरूको स्मृतिमा एक स्मारक पनि निर्माण गरिएको छ । निर्माण गरीएको स्तम्भमा त्यस् कहाली लाग्दो दिनको बर्णन गरिएको छ ।
घण्टाघर परिसरमा अवलोककहरुको लागि एक सुन्दर बगैँचा पनि छ । जहाँ विभिन्न रुख तथा बिरुवाहरु रोपिएका छन् । जगिङका लागि ट्रयाक तथा बस्नका लागि आरम गर्न कुर्सी पनि निर्माण गरिएको छ ।
परिसरमा श्री सिद्धीविनायक गणेश मन्दिर पनि छ । साथै यो परिसर टीकटक, भिडियो तथा फोटो खिच्नको लागि पनि प्रसिद्ध बन्दै गएको छ ।
(धरान क्लक टावर परिसरका केही झलक)









Facebook Comment
Comment