चीनमा ५० किलोभन्दा कम तौल भएकालाई उडाउन सक्ने तीव्र हावा, चाँडै घर फर्कन आग्रह

नेपालभ्युज

चीनमा ५० किलोभन्दा कम तौल भएकालाई उडाउन सक्ने तीव्र हावा, चाँडै घर फर्कन आग्रह

काठमाडौं । चीनको उत्तरी भेगमा बसोबास गर्ने मानिसहरूलाई तीव्र हावाको चेतावनीको कारणले गर्दा चाँडै घर फर्कन भनिएको छ । साथै, विद्यालयहरूमा कक्षाहरू पनि स्थगित गरिएको छ ।

बीबीसीकाअनुसार बाहिरी कार्यक्रमहरू पनि रद्द गरिएका छन् ।

लाखौं मानिसहरूलाई घर भित्रै बस्न आग्रह गरिएको छ । हावा यति तीव्र छ कि ५० किलोग्रामभन्दा कम तौल भएका मानिसहरूलाई ‘सजिलै उडाएर लैजान’ सक्ने राज्य सञ्चारमाध्यमले चेतावनी दिएका छन् ।

मङ्गोलियाबाट दक्षिणपूर्वतिर चिसो हावा बहने भएकाले शुक्रबारदेखि आइतबारसम्म बेइजिङ, तियानजिन र हेबेई क्षेत्रका अन्य भागहरूमा प्रतिघण्टा १५० किलोमिटरसम्मको हावा चल्ने अनुमान गरिएको छ ।

राष्ट्रिय मौसम विज्ञान केन्द्र (एनएमसी) ले प्रभावित क्षेत्रका जनतालाई घर भित्रै रहन र बाहिर हुँदा अग्ला भवनहरू, होर्डिङ बोर्डहरू, अस्थायी संरचनाहरू र रूखहरू मुनि नबस्न सल्लाह दिएको छ ।

चीनले आँधीबेहरीको लागि अरेन्ज चेतावनी जारी गरेको यो एक दशकमा पहिलो पटक हो । शनिबार तीव्र हावा चल्दा बेइजिङमा २४ घण्टा भित्र तापक्रम १३ डिग्री सेल्सियसले घट्ने अनुमान अधिकारीहरूले गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved