दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

नेपालभ्युज

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका ‘कमान्डर’ दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

प्रसाईंलाई प्रहरीले कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । सोहीअनुसार ढकालको इजलासले म्याद थपको अनुमति दिएको हो ।

प्रसाईंलाई आज (शुक्रबार) झापाको भद्रपुर विमानस्थल हुँदै बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याइएको हो । सरकारी वकिलको कार्यालयमा बयान लिएपछि प्रसाईंलाई अदालत लगिएको थियो ।

प्रसाईं यही चैत १५ गते तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका थिए । उनले बिहीबार भारतको आसाम प्रहरीसँग आत्मसमर्पण गरेका थिए । भारतीय प्रहरीले उनलाई काँकडभिट्टा ल्याएर नेपाल प्रहरीलाई बुझाएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved