सालाहले गरे लिभरपुलसँग नयाँ सम्झौता

नेपालभ्युज

सालाहले गरे लिभरपुलसँग नयाँ सम्झौता

काठमाडौं । मोहम्मद सालाहले इङ्गलिस क्लब लिभरपुलसँग थप २ वर्षको सम्झौता गरेका छन् ।

सालाहले शुक्रबार नयाँ सम्झौता गरेका हुन् । यससँगै उनी सन् २०२७ सम्म एनफिल्डमा रहनेछन् ।

३२ वर्षीय सालाहले यस सिजन लिभरपुलका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनको दमदार प्रदर्शनले क्लबलाई २०औं लिग उपाधिको सङ्घारमा पुर्‍याएको छ । सालाहले यस सिजन लिभरपुललाई शीर्ष स्थानमा पुर्‍याउन २७ गोल र १७ असिस्ट गरिसकेका छन् ।

सालाहले लिभरपुलसँगै प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप, दुई लिग कप, यूईएफ सुपर कप र फिफा क्लब विश्वकप जितेका छन् ।

लिभरपुलको आधिकारिक क्लब च्यानलसँगको कुराकानीमा सालाहले भने, ‘अवश्य पनि म निकै उत्साहित छु । अहिले हाम्रो टिम उत्कृष्ट छ । अघिल्लो पटक पनि राम्रो थियो, तर मैले सम्झौता यसकारण गरेँ कि हामीसँग अरू उपाधिहरू जित्ने मौका छ र म आफ्नो फुटबलको मजा लिन चाहन्छु ।’

‘यो निकै राम्रो छ । मैले यहाँ आफ्ना सबैभन्दा राम्रो वर्षहरू बिताएँ । म आठ वर्षदेखि खेल्दै छु, आशा छ यो १० वर्ष हुनेछ । म यहाँको जीवन र फुटबल दुबैको मजा लिइरहेको छु । यी मेरो करिअरका सबैभन्दा राम्रो वर्षहरू थिए, ’ सालाहले भने ।

यसअघि सालाह इटालीको रोमा क्लबमा आबद्ध थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved