आईपीएल

दिल्लीको चार खेलमा शतप्रतिशत नतिजा, बैङ्गलोरलाई ६ विकेटले हरायो

नेपालभ्युज

दिल्लीको चार खेलमा शतप्रतिशत नतिजा, बैङ्गलोरलाई ६ विकेटले हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले ४ खेलमा शतप्रतिशत जित हासिल गरेको छ ।

बिहीबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोरलाई ६ विकेटले हराउँदै दिल्लीले जितको यात्रा कायमै राखेको हो ।

घरेलु टोली बैङ्गलोरले दिएको १६४ रनको मध्यम लक्ष्य दिल्लीले १३ बल बाँकी छँदै ४ विकेटको क्षतिमा १६९ रन बनाएर पूरा गर्यो ।

दिल्लीको जितमा केएल राहुलले अर्धशतकीय पारी खेल्दै सर्वाधिक रन बनाए । शतक बनाउनबाट थोरैले चुकेका उनले अविजित ९३ रन बनाए । उनी खेलको उत्कृष्ट खेलाडी पनि घोषित भए ।

यस्तै ट्रिस्टन स्टुब्सले अविजित ३३ रन बनाएपछि दिल्लीले लक्ष्य सहजै भेट्टायो ।

बैङ्गलोरका लागि भुवनेश्वर कुमारले सर्वाधिक २ विकेट लिए ।

यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम बैङ्गलोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो । बैङ्गलोरका फिल साल्टले सर्वाधिक ३७ रन बनाए ।

दिल्लीका लागि विपराज निगम र कुलदीप यादवले २/२ तथा मुुकेश कुमार र मोहित शर्माले १/१ विकेट लिए ।

सबै खेलमा जित हासिल गर्नका बाबजुद दिल्ली अङ्क तालिकाको दोस्रो स्थानमा छ । उसले ८ अङ्क जोडेको छ । पहिलो स्थानमा गुजरात टाइटन्स छ । समान अङ्क भए पनि गुजरात नेट रनरेटले अगाडि छ । गुजरातले १ खेल बढी खेलेको छ ।

पराजित बैङ्गलोर ६ अङ्कसहित लिगको तेस्रो स्थानमा छ ।

राजस्थानलाई पराजित गर्दै गुजरात शीर्ष स्थानमा

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved