कुवेतविरुद्ध भुर्तेलको अर्धशतक

नेपालभ्युज

कुवेतविरुद्ध भुर्तेलको अर्धशतक

काठमाडौं । हङकङमा जारी चार राष्ट्र सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक बनाएका छन् । उनले बिहीबार बिहान जारी कुवेतविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् ।

भुर्तेलले २६ बलमा चार छक्का र पाँच चौकासहित ५१ रन बनाएर अर्धशतक पूरा गरे ।

नेपाली टोली कुवेतले दिएको १८६ रनको विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ । पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा आठ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

नेपालका लागि सोमपाल कामीले तीन र नन्दन यादवले दुई विकेट लिए । यस्तै ललितनारायण राजवंशी र कुशल भुर्तेलले एक–एक विकेट हात पारे ।

यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो । बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।

यस्तै, सिरिजको दोस्रो खेलमा बुधबार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको छ । आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् । यस्तै, आज नै हङकङ र कतार प्रतिस्पर्धा गर्नेछन् ।

यो खेल नेपाली समयानुसार बिहान ११ः१५ बजे सुरु हुनेछ । दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved