स्ववियु निर्वाचन

घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसको अध्यक्षमा सुरत बोहरा प्यानलसहित विजयी

नेपालभ्युज

घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसको अध्यक्षमा सुरत बोहरा प्यानलसहित विजयी

दिपायल । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को बुधबार भएको निर्वाचनमा डोटीको श्री घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियु प्यानलसहित विजयी भएको छ ।

जोरायल गाउँपालिका–४ मा रहेको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी भएको निर्वाचन समिति संयोजक वासुदेव जोशीले जानकारी दिए । उनका अनुसार अध्यक्षमा सुरत बोहरा ६९ मत, सचिव दीपक साउदले ६५ मत र कोषाध्यक्ष कलावती बोहराले ६६ मत प्राप्त गरेका छन् । सदस्यहरूमा शर्मिला विक ६६, रेखाशाहु ६५, धनाकुमारी कामी ६४ र कविता मगरले ६२ मत प्राप्त गरेका छन् ।

कूल ११४ जना मतदाता विद्यार्थी रहेको उक्त क्याम्पसमा जम्मा १०३ मत खसेको थियो भने समानुपातिकतर्फ अनेरास्ववियुले ६७ मत प्राप्त गरेको र नेपाल विद्यार्थी सङ्घले ३६ मत प्राप्त गरेको घण्टेश्वर सेतीमहाकाली बहुमुखी क्याम्पस निर्वाचन समितिले जनाएको छ । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved