शिक्षक महासङ्घ वार्तामा जान तयार, रणनीति बनाउन छलफलमा

नेपालभ्युज

शिक्षक महासङ्घ वार्तामा जान तयार, रणनीति बनाउन छलफलमा

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेपाल शिक्षक महासङ्घले सरकारले बोलाएको वार्तामा सहभागी हुन तयार भएको छ। महासङ्घले वार्तामा जाने तयारी स्वरूप रणनीति बनाउन छलफल गरिरहेको छ।

महासङ्घका  एक पदाधिकारीका अनुसार, शिक्षा सचिवको पत्र आएपछि वार्तामा कसरी सहभागी हुने र को-को जाने भन्ने विषयमा रणनीति बनाउन बैठक बसिरहेको छ।

आन्दोलन परिचालन समितिका संयोजक एवं महासङ्घ  सहअध्यक्ष नानुमाया पराजुलीले महासङ्घ आन्तरिक छलफलमा रहेको बताइन्। शिक्षा मन्त्रालय स्रोतका अनुसार महासङ्घले  बिहीबार वार्तामा आउने बताएको छ।

शिक्षक महासङ्घले  चैत २० गतेदेखि काठमाडौंमा निरन्तर रूपमा आन्दोलन गर्दै आएको छ। बुधबार शिक्षकहरूले शिक्षा ऐन जारी गर्न माग गर्दै हात उठाएर सरकारको सांकेतिक विरोध गरेका थिए। यसअघि उनीहरूले दिउँसै बत्ती बालेर, कालो मास्क लगाएर र सिट्ठी फुकेर प्रदर्शन गरेका थिए।

शिक्षकहरूले वार्ताको औचित्य नभएको बताउँदै आए पनि अन्ततः उनीहरू वार्तामा सहभागी हुन तयार भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved