एकीकृत समाजवादीले हेरफेर गर्‍यो आन्दोलनको कार्यतालिका

नेपालभ्युज

एकीकृत समाजवादीले हेरफेर गर्‍यो आन्दोलनको कार्यतालिका

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आन्दोलनको कार्यतालिका हेरफेर गरेको छ ।

यही चैत्र १५ गते तीनकुनेमा  पार्टी कार्यालयमा राजावादीहरुले गरेको आगजनी र तोडफोड तथा जिल्ला/प्रदेश अधिवेशनलगायत कारणहरुले पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको कार्यतालिका हेरफेर गरिएको हो ।

जरुरी परिपत्र जारी गर्दै पार्टीले अब वैशाख १० गते सङ्घीय सरकारमा मागपत्र पेस गर्ने, वैशाख १४ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा सम्बन्धित प्रदेश र जिल्लाका मागपत्र बुझाउने, वैशाख २२ र २३ गते पालिका र वडा कार्यालयमा सम्बन्धित पालिका र वडाका मागपत्र बुझाउने र वैशाख २५ गते दोस्रो चरणको कार्यक्रम घोषणा गर्ने जनाएको छ ।

यसअघि वैशाख ५ गते प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र पेस गर्ने, वैशाख १५ गतेसम्म पालिका र वडा तहमा सार्वजनिक सम्वाद तथा सुझाव सङ्कलन तथा वैशाख १९ देखि २२ सम्म पालिका र वडा कार्यालयहरूमा ज्ञापनपत्र पेस गर्ने कार्यतालिका थियो ।

जरुरी परिपत्र –


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved