गणतन्त्रवादी नेताहरूले देश नछाडे घरबाट थुतेर कुट्ने राप्रपा नेतृको अभिव्यक्ति

नेपालभ्युज

गणतन्त्रवादी नेताहरूले देश नछाडे घरबाट थुतेर कुट्ने राप्रपा नेतृको अभिव्यक्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की नेतृ कुन्ति पोखरेलले आगामी वैशाख ७ गतेबाट चल्ने आन्दोलनपछि नेपालमा राजसंस्था नफर्किएसम्म निरन्तर सडकमा रहने बताएकी छन् ।

राप्रपाले राजधानीको बल्खुमा गरेको खबरदारी सभालाई सम्बोधन गर्दै पोखरेलले राजसंस्था नफर्किएसम्म सडक नछाड्ने बताएकी हुन् ।

‘यो आज सुरुवात हो । वैशाख ७ गतेदेखि हामी यहीँ ठाउँमा बस्छौं, यहीँ सुत्छौं, खाना पनि यहीँ पकाउँछौं,’ उनले भनिन्, ‘जबसम्म यो देशमा हाम्रो अभिभावकीय संस्था राजसंस्था नभएसम्म यहीँ बस्छौं ।’

उनले गणतन्त्रवादी नेताहरूलाई आजै देश छाडेर भाग्न चेतावनी दिँदै नभागे घरबाट थुतेर राष्ट्रवादीहरूले कुट्नेसम्मको अभिव्यक्ति दिएकी छन् । ‘कि देश छाडेर भाग, कि आत्मसमर्पण गर । नत्र खैरियत छैन,’ उनले भनिन् ।

उनले रवीन्द्र मिश्र र धवलशमशेर राणालगायत नेताहरूलाई थुनेर राखेकाले आफ्नो रगत तातेको समेत बताइन् ।  उनले वैशाख ७ गतेदेखि सडक तताएर गणतन्त्रवादीको दानापानी बन्द गर्नसमेत आह्वान गरिन् ।


Comment

One thought on “गणतन्त्रवादी नेताहरूले देश नछाडे घरबाट थुतेर कुट्ने राप्रपा नेतृको अभिव्यक्ति

  1. अब राप्रपाका नेताहरुलाई दशा लागेको जस्तो छ , कस्को हिम्मत छ घरबाट थुतेर कुट्न ? हेरौ त हामी पनि !

Leave a Reply to युवराज Cancel reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved