सुनको भाउ घट्दा चाँदीको बढ्यो

नेपालभ्युज

सुनको भाउ घट्दा चाँदीको बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेर १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन प्रतितोला एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । तोलामा ३० रुपैयाँले बढेर चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved