जनमत र नाउपाको एकीकरणपछि नागरिक जनमत पार्टी बन्ने, वैशाख १५ मा एकता घोषणा

नेपालभ्युज

जनमत र नाउपाको एकीकरणपछि नागरिक जनमत पार्टी बन्ने, वैशाख १५ मा एकता घोषणा

काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले एकीकृत दलको नाम नागरिक जनमत राख्ने सहमति गरेका छन् ।

बर्दियामा बसेको कार्यदलको बैठकले पार्टीको नाम नागरिक जनमत र चुनाव चिन्ह ढकिया राख्ने सहमति गरेको जनमतका उपाध्यक्ष अब्दुल खानले बताए । ‘आयातकार आकारको झण्डामा ढकिया रहने सहमति भएको छ । एकीकृत पार्टीको नाम नागरिक जनमत राख्ने सहमति गर्‍यौँ,’ उनले नेपालभ्युजसँग भने ।

एकीकृत दलको संरक्षक रेशमलाल चौधरी हुने भएका छन् ।  कार्यकारी अध्यक्ष सीके राउत रहने सहमति भएको छ । यस्तै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ तेस्रो वरियताकी नेता हुने सहमति छ । पार्टीको संरक्षक भने रेशमलाल चौधरी हुने भएका छन् । वैशाख १५ भित्र पार्टीको एकता घोषणा हुने खानले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved