अमेरिकामा १० हजार सरकारी कर्मचारीको जागिर गुम्दै

नेपालभ्युज

अमेरिकामा १० हजार सरकारी कर्मचारीको जागिर गुम्दै

काठमाडौं । अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर गुम्ने भएको छ । जागिर गुमाउनेमा स्वास्थ्यकर्मीहरू रहेको बताइएको छ ।

कर्मचारीहरूलाई मङ्गलबार कार्यालयको गेटमा रोक्दै यसको सुरुवात गरिएको थियो ।

जागिर गुमाउनेमा अधिकाङ्श शीर्ष अधिकारीहरू समावेश रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले गत हप्ता १० हजार कर्मचारीलाई बर्खास्त गरिने घोषणा गरेका थिए ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले गत हप्ता खाद्य तथा औषधि प्रशासन (एफडीए) का ३ हजार ५०० कर्मचारीलाई हटाउने योजना रहेको बताएको थियो।

साथै, अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)बाट २ हजार ४०० कर्मचारीहरूलाई बर्खास्त गरिने भएको छ । यसबाहेक, प्रशासनले राष्ट्रिय स्वास्थ्य संस्थानबाट पनि १ हजार २०० कर्मचारीलाई हटाउनुपर्ने बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved