‘लाज शरणम्’का बालकलाकार केसीको मृत्यु

नेपालभ्युज

‘लाज शरणम्’का बालकलाकार केसीको मृत्यु

काठमाडौं । चलचित्र ‘लाज शरणम्’मा महत्त्वपूर्ण भूमिका निभाएका डोल्पाका विकास केसीको कुपोषणका कारण मृत्यु भएको छ । केसीको मङ्गलबार निधन भएको कलाकार महेश त्रिपाठीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

चलचित्रको कथामा कुपोषित बालकको पात्रका रूपमा चित्रण गरिएका केसी वास्तविक जीवनमै पनि कुपोषणबाट ग्रसित थिए ।

चलचित्रको सुटिङपछि निर्माण टिमले उनलाई उपचारका लागि काठमाडौं ल्याएको थियो । शुरूमा ग्रीनसिटी अस्पताल लगिएका उनलाई त्यहाँबाट कान्ति बाल अस्पताल रेफर गरिएको थियो । कान्ति बाल अस्पतालले जटिल खालको कुपोषणको उपचार सम्भव नभएको जनाउँदै उनलाई फिर्ता पठाइदिएको त्रिपाठीले फेसबुकमा उल्लेख गरेका छन् ।

‘सुटिङ समयमा उहाँको स्याहार र परिवारको सहजताका लागि खानेकुरा, लत्ता कपडा र सञ्चारका लागि मोबाइल उपलब्ध गराएका थियौं । चलचित्रसँग उहाँलाई भेट गराउने, उपचारका लागि ल्याउने लैजानेसहित पारिवारिक दायित्व निर्वाह गर्ने गीतकार संगीतकार वसन्त उदासको सहजीकरणका कारण विकासलाई हामीले केही सहयोग गर्न पायौं’,  त्रिपाठीले फेसबुकमा  लेखेका छन्, ‘तर, कसैको नजरमा नपरेका कति बालबालिका दु:खद् मृत्युवरण गरिरहेका होलान् । कल्पना गर्न सकिन्छ । हामीले यसो भन्नुको कारण सहयोग र संवेदनशीलता देखाउन खोजेका होइनौं । तर, कर्णालीको कष्टकर जनजीवनको वास्तविक कथासँग सम्बन्धित आवश्यकताका विषयमा सम्बद्धको ध्यान जान सकोस् भनेर ध्यानाकर्षण गराउन खोजेका हौं ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved