स्ववियु निर्वाचन

त्रि–चन्द्र क्याम्पसमा मतदान जारी

नेपालभ्युज

त्रि–चन्द्र क्याम्पसमा मतदान जारी
फाइल तस्वीर

काठमाडौं । घण्टाघरस्थित त्रि–चन्द्र बहुमुखी क्याम्पसमा आज स्ववियु निर्वाचन भइरहेको छ ।

बिहान ८ बजेपछिदेखि मतदान जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

यसअघि पटकपटक स्थगित भएको चुनाव आज भइरहेको हो ।

यहाँ नेविसङ्घका स्ववियु अध्यक्षमामा गोविन्द कोइराला र अनेरास्ववियुका प्रमित विष्ट मुख्य प्रतिस्पर्धी छन् ।

त्रिचन्द्र क्याम्पसमा स्ववियु निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृत अङ्गदमणि गौतममाथि सोमबार मोसो प्रहार भएको थियो । नेविसङ्घका बागी उम्मेदवारहरू विवेक बानियाँ र श्रीधर श्रेष्ठले गौतममाथि मोसो प्रहार गरेका हुन्।

मतदानको पूर्वतयारीका लागि छलफल चलिरहँदा निर्वाचन अधिकृत गौतममाथि मोसो प्रहार भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved