पुटिनसँग ट्रम्प रिसाएपछि जेलेन्स्कीले भने – कूटनीतिको ख्याल नभएको

नेपालभ्युज

पुटिनसँग ट्रम्प रिसाएपछि जेलेन्स्कीले भने – कूटनीतिको ख्याल नभएको

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले भ्लादिमिर पुटिनमाथि गरेको टिप्पणीप्रति प्रतिक्रिया दिएका छन् ।

जनतालाई सम्बोधन गर्दै जेलेन्स्कीले पुटिनलाई कूटनीतिको वास्ता नभएको र युद्ध रोक्न रुसमाथि थप दबाब दिन आवश्यक रहेको बताए ।

“विगत केही हप्ताहरूमा अमेरिकाबाट बिना सर्त युद्धविरामको प्रस्ताव आएको छ र लगभग सधैं यी प्रस्तावहरूको प्रतिक्रियामा रूसी ड्रोन, बम, तोपखाना र ब्यालिस्टिक आक्रमणहरू भएका छन्,” उनले भने ।

रुसमाथि थप दबाब दिनुपर्ने जेलेन्स्कीको भनाइ छ । उनले रुसको युद्ध गर्ने शक्ति र युद्ध खोज्ने प्रणालीलाई नष्ट गर्न कडा प्रतिबन्ध लगाउनुपर्ने पनि बताए ।

एनबीसीलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै रिसाएको र दुखी भएको बताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved