मुस्लिम बन्न अस्वीकार गरेको आरोपमा पाकिस्तानमा एक हिन्दूको हत्या

नेपालभ्युज

मुस्लिम बन्न अस्वीकार गरेको आरोपमा पाकिस्तानमा एक हिन्दूको हत्या

काठमाडौं । पाकिस्तानको पेशावर शहरमा नदीम अमिन नाम गरेका एक हिन्दूको गोली हानी हत्या गरिएको छ ।

मुस्लिम बन्न अस्वीकार गरेको आरोपमा उनको हत्या भएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ ।

यो घटना पेशावरको पोस्टल कोलोनी क्षेत्रमा भएको हो । शनिबार काम सकेर घर फर्किरहेका बेला नदीममाथि आक्रमण भएको थियो ।

५६ वर्षीय नदीम पेशाले सरकारी संस्थामा सफाई कर्मचारी थिए । गोलीबारीपछि संदिग्ध भाग्न सफल भएपनि पछि प्रहरीले उनलाई पक्राउ गरेको थियो । उनको नाम मुश्ताक रहेको बताइएको छ ।

अभियुक्त मुश्ताकले गोली चलाउँदा उनका दाजु कोलोनीमा रहेको नदीमका भाइ सागर अमिनले जनाएका छन् ।

एफआईआर अनुसार आरोपीले दुई–तीन महिनादेखि नदीमलाई इस्लाम धर्म अपनाउन भनिरहेका थिए । अस्वीकार गर्दा उनले नदीमको टाउकोमा गोली हानेर हत्या गरेका हुन् ।

भाना मारी प्रहरी चौकीका एसएचओ अजमल हयातले बीबीसी उर्दूलाई बताएअनुसार हत्यापछि अभियुक्तहरू तुरुन्तै भागेका थिए । घटनापछि डीएसपी सिटी याख तुत सर्कलको नेतृत्वमा एक विशेष टोली गठन गरिएको थियो, जसले २४ घण्टाभित्र मुश्ताकलाई चारसद्दाबाट पक्राउ गरेको थियो ।

एसएचओका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्तले नदीमको हत्या गरेको अपराध स्वीकार गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved