तीनकुने प्रदर्शनमा संलग्न रहेको आरोपमा थप ६ जना पक्राउ

नेपालभ्युज

तीनकुने प्रदर्शनमा संलग्न रहेको आरोपमा थप ६ जना पक्राउ

काठमाडौं । राजधानीको तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा संलग्न रहेको आरोपमा थप ६ जना पक्राउ परेका छन् ।

प्रहरीले शुक्रबार १०५ जना र शनिबार थप ६ जना गरी हालसम्म १११ जनालाई पक्राउ गरेको  हो  ।

पक्राउ परेकाहरुमध्ये २५ जना काठमाडौँ प्रहरी परिसर,  वृत्त बानेश्वरमा २५ जना, बृत्त गौशालामा ९ जना, प्रभाग कोटेश्वरमा ४६ जना, प्रभाग गंगबुमा ३ जना, बृत्त बालाजुमा १ जना र बृत्त सिंहदरबारमा २ जना रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासमेत छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved