प्रधानमन्त्री कप क्रिकेट फाइनल:

आर्मीले दियो पुलिसलाई सामान्य लक्ष्य, बसिरको अर्धशतक

नेपालभ्युज

आर्मीले दियो पुलिसलाई सामान्य लक्ष्य, बसिरको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट फाइनलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई १५५ रनको लक्ष्य दिएको छ ।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट मैदानमा जारी फाइनल खेलमा आर्मी ४३ ओभरमा १५४ रनमा अलआउट भएको हो ।

आर्मीका लागि बसिर अहमदले अर्धशतकीय पारी खेले । १०४ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै बसिर ८६ रनमा अविजित रहे ।

कप्तान विनोद भण्डारीले २९ र विवेक यादवले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

पुलिसका लागि करण केसी र सागर ढकालले ३–३ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले २ तथा गुल्शन झा र ललित राजवंशीले १–१ विकेट लिए ।

टस जितेर पुलिस पहिले बलिङ रोजेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved