कुलमानको रिटमा सुनुवाइ जारी, शाक्यको निवेदन पाँचौं नम्बरमा

नेपालभ्युज

कुलमानको रिटमा सुनुवाइ जारी, शाक्यको निवेदन पाँचौं नम्बरमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ सुरु भएको छ ।

न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ सुरु भएको हो ।

आफूलाई निर्बाध काम गर्न दिनुपर्ने माग राखी कुलमानले बुधबार साँझ रिट दायर गरेका थिए ।

यता, प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिट पनि अब्दुलकै इजलासमा परेको छ । घिसिङको निवेदन दोस्रो र शाक्यको निवेदन पाँचौं क्रममा छ ।

शाक्यले आफू पनि यसअघि घिसिङझैं पदमुक्त भएका विवरण उल्लेख गर्दै उनी पदको हकदार नभएको जिकिर गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved