सुनको मूल्यमा रेकर्ड ब्रेक, पुग्यो अहिलेसम्मकै उच्च

नेपालभ्युज

सुनको मूल्यमा रेकर्ड ब्रेक, पुग्यो अहिलेसम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यले रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य बिहीबारको तुलनामा तोलामा १ हजार ४ सय रुपैयाँले बढेर १ लाख ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।

यसअघि ६ चैतमा तोलाको १ लाख ७६ हजार रुपैयाँमा कारोबार हुँदै सुनको मूल्यले रेकर्ड कायम गरेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २० रुपैयाँले बढेर चाँदी २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved